२६ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा पुनः कपडा उत्पादनका लागि परीक्षण आजबाट थालिएको छ।
नेपाल सरकारको पहलमा नेपाली सेनाले लामो समयदेखि बिग्रिएर थन्किएका मेसिन मर्मत गरी सञ्चालन गरेपछि १० वटा लुम (कपडा बुन्ने तान) बाट परीक्षण उत्पादन सुरु गरिएको हो।
सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढाइएको हो। उद्योगमा सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको काम नेपाली सेनाले गरेको हो।
परीक्षणका लागि सरकारले ३३ लाख रुपैयाँ बजेटसमेत उपलब्ध गराएको छ। हाल बाहिरबाट धागो ल्याएर पुराना लुममार्फत कपडा बुन्ने परीक्षण भइरहेको छ
