सहकारी पीडितलाई राहत, २२० जनाले पाए रकम

तीनवटा सहकारीका २२० जना साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गर्ने गरिएको स्पष्ट पारेको छ।

सहकारी पीडितलाई राहत, २२० जनाले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीनवटा सहकारीका २२० जना साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका तीन जना बचतकर्ताले बचत रकम फिर्ता पाएका हुन्।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गर्ने गरिएको स्पष्ट पारेको छ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। अब बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।