दीपक भट्टको घर खानतलासी, भेटिए डलर थाई भाट

काठमाडौं । व्यवसायी दीपक भट्टविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा अभियोग दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रति

दीपक भट्टको घर खानतलासी, भेटिए डलर थाई भाट
काठमाडौं । व्यवसायी दीपक भट्टविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा अभियोग दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले उनीविरुद्ध बिहिबार अभियोगपत्र दायर गरेको हो । चैत १९ मा पक्राउ परेका भट्टको सानेपा स्थित घर र उनको कम्पनी इन्फिनिटी होल्डिङको कार्यालय भवनमा विभागले छापा मारेको थियो । वैशाख १ र २ मा उनको घर र कम्पनीमा खानलासी गरेर त्यहाँ भेटिएको दशीका सामान बरामद गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । Laxmi sunrise bank ललितपुर महानगरपालिका–२ सानेपामा रहेको घर र कम्पनीको कार्यालयबाट २ हजार अमेरिकी डलर, ३० हजार थाई भाट र १४ लाख ९३ हजार नेपाली रुपैयाँ बरामद गरिएको अभियोग पत्रमा उल्लेख छ । विभागले बुझाएको खानतलासी एवं बरामदी मुचुल्का विशेष सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको छ । भट्टको घरबाट विभागका अनुसन्धान अधिकृतहरूले सवारी साधन पनि बरामद गरेका थिए । Shivam Cement भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्थ मन्त्रालयमा समेत उजुरी परेको विवरण प्राप्त भएको विभागको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । Asian Paints विभागले उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबारे दुई महिनासम्म अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । भट्ट र उनका साझेदारहरू मिलेर हिमालयन रि–इन्स्योरेन्स सहित पाँच वटा इन्सुरेन्स कम्पनीबाट रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।