काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण ले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ।
प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडर अन्तर्गत पर्ने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो। बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने यी फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङ लगायतका स्थानमा रहेका ११ केभी लाइनको मर्मत कार्य गरिने भएकाले अस्थायी रूपमा विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।
Advertisementजीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ पोल जडान गर्ने कार्यका लागि बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ।
यसैगरी मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा अपराह्न २ बजेदेखि ४ बजेसम्म विद्युत् कटौती हुने सूचनामा उल्लेख गरिएको छ।
Advertisementतोकिएको समयभन्दा अगाडि मर्मत कार्य सम्पन्न भएमा विद्युत् सेवा नियमित रूपमा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ। विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ।
