म्याग्दीमा स्वतन्त्रबाट डा. महावीर पुनको जित

बेनी, २३ फागुन । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हज...

म्याग्दीमा स्वतन्त्रबाट डा. महावीर पुनको जित

बेनी, २३ फागुन । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन् ।

मतगणना सम्पन्न भइसकेको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ ।

पुन आफ्नो जन्मथलो म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए । उनले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत पहल गर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका थिए ।

म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।