भक्तपुर। भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत पाएका छन् । रन्जितले सुवाललाई ५ हजार २८९ मतान्तरले पराजित गरेका हुन् ।
त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन् ।
भक्तपुर–१ लामो समयदेखि नेमकिपाको प्रभाव रहेको क्षेत्र मानिँदै आएको थियो । तर यसपटक रास्वपाका उम्मेदवार रन्जितले उल्लेख्य मतसहित जीत हात पार्दै नेमकिपाको उक्त गढ भत्काएका हुन् ।
