सर्लाही–४ मा गगन थापा संकटमा, रास्वपाका अमरेशको बलियो अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा मतगणना जारी रहँदा नेपाली कांग्रेसका सभापति गगन थापा झन्डै २ हजार मतले पछि परेका छन्। ह...

सर्लाही–४ मा गगन थापा संकटमा, रास्वपाका अमरेशको बलियो अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा मतगणना जारी रहँदा नेपाली कांग्रेसका सभापति गगन थापा झन्डै २ हजार मतले पछि परेका छन्।

हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले ४,४९६ मत प्राप्त गर्दै अग्रता लिएका छन्।नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले २,५३० मत प्राप्त गरेका छन्। उनी र अमरेशकुमार सिंहबीच हाल १,९६६ मतान्तर रहेको छ।यस्तै नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले ६४३ मत प्राप्त गरेका छन्।

सर्लाही–४ मा मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तर थप परिवर्तन हुन सक्ने बताइएको छ।