इलाम–२ मा फेरि सुहाङ अघि, सुदिपसँग कडा प्रतिस्पर्धा

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी रहेको छ। चुलाचुली गाउँपालिकाका वडा नं. १, ४, ५ र ६ को मतगणना सकिँदा नेक...

इलाम–२ मा फेरि सुहाङ अघि, सुदिपसँग कडा प्रतिस्पर्धा

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी रहेको छ।

चुलाचुली गाउँपालिकाका वडा नं. १, ४, ५ र ६ को मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फेरि अग्रता लिएका छन्।

प्रारम्भिक मतपरिणाममा सुहाङ नेम्वाङ अघि रहेका थिए भने दोस्रो चरणको नतिजामा श्रम संस्कृति पार्टीका सुदिप राईले अग्रता बनाएका थिए। तर पछिल्लो मतगणनासँगै नेम्वाङले पुनः अग्रता कायम गरेका छन्।

पछिल्लो आधिकारिक विवरणअनुसार सुहाङ नेम्वाङले २,०६२ मत प्राप्त गरेका छन्। उनलाई श्रम संस्कृति पार्टीका सुदिप राईले १,९२५ मतसहित कडा टक्कर दिइरहेका छन्। दुवै उम्मेदवारबीचको मतान्तर हाल १३७ रहेको छ।

यस्तै नेपाली काँग्रेसका भेषराज आचार्यले ८८१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ८०५ मत पाएका छन्।

अहिलेसम्म ६,५६९ मत गणना भइसकेको छ भने ४३० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।