काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै प्रतिनिधिसभामा विजयी हासिल गरेका हुन्। मतगणनाको अन्तिम परिणाम अनुसार उनले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै स्पष्ट मतान्तरका साथ जित सुनिश्चित गरेका छन्।
रुकुम पूर्वबाट उनको जितसँगै राष्ट्रिय राजनीतिमा फेरि प्रचण्डको भूमिका महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।
