काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुकुम पूर्वमा जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन्। उनले सुरुदेखि नै अग्रता बनाइरहेका छन्।
पछिल्लो मतपरिणामअनुसार प्रचण्डले ४ हजार ३९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले १ हजार २६१ मत प्राप्त गरेकी छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार लिलामणी गौतमले ९०७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ३५४ मत ल्याएका छन्।
रुकुम पूर्वमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
