काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रो पटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन परिणामअनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्।
