रामेछापमा ४८ प्रतिशत मत खस्यो

रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछापमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार जिल्लामा कुल...

रामेछापमा ४८ प्रतिशत मत खस्यो

रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछापमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार जिल्लामा कुल ४८ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार जिल्लामा कुल ९० हजार ७१० मत खसेको हो। जसमा पुरुष ५० हजार ६२४ र महिला ४० हजार ८६ जनाले मतदान गरेका छन्।

रामेछापमा यस निर्वाचनका लागि कुल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका थिए। प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको जिल्लामा मतदानका लागि ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र तोकिएका थिए।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम मन्थलीस्थित मालपोत कार्यालय भवनमा ल्याउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतपेटिका सङ्कलनको काम सकिएपछि सोही स्थानमा मतगणना प्रक्रिया सुरु गरिने बताइएको छ।