रामेछापमा मालपोत कार्यालयमा कडा सुरक्षा सहित मतगणना हुने, गणना स्थलको तयारी पूरा

रामेछाप । रामेछापमा मतदान जारी रहँदा मतगणनाका लागि आवश्यक तयारी समेत पूरा गरिएको छ। जिल्लामा खसेका मतको गणना सदरमुकाम मन्थलीस्थित जिल्ला मालपोत कार्यालयमा गर्ने...

रामेछापमा मालपोत कार्यालयमा कडा सुरक्षा सहित मतगणना हुने, गणना स्थलको तयारी पूरा

रामेछाप रामेछापमा मतदान जारी रहँदा मतगणनाका लागि आवश्यक तयारी समेत पूरा गरिएको छ। जिल्लामा खसेका मतको गणना सदरमुकाम मन्थलीस्थित जिल्ला मालपोत कार्यालयमा गर्ने तयारी स्वरूप  मतगणना स्थल तयार पारिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यसअघि पनि मतगणना हुँदै आएको मालपोत कार्यालय भवनमै सम्भावित सुरक्षा रणनीति अपनाएर मतगणना स्थल तयार पारिएको हो। रामेछापका २ नगरपालिका र ६ गाउँपालिकामा रहेका ९६ मतदान स्थलका २२८ मतदान केन्द्रमा खसेका मतलाई सङ्कलन गरी मन्थलीस्थित मालपोत कार्यालयमा बनाइएको मतगणना स्थलमा ल्याएर गणना गरिनेछ।

मतगणना स्थलमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्था मिलाइएको छ। गणना  स्थलमा तार जालीले घेरा बार गरिएको छ भने आवश्यक सङ्ख्यामा सिसिटिभी क्यामेरा जडान गरिएको निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए। उनका अनुसार मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मतगणना स्थलमा ल्याइने र त्यसपछि सर्वदलीय सहमतिका आधारमा मतगणना प्रक्रिया अघि बढाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।