दोलखा, फागुन २१ — दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोलेश्वर माध्यमिक विद्यालय मतदानस्थलमा मतपत्र र स्वस्तिक छाप लुटिएको घटनापछि मतदान स्थगित गरिएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही बुथ प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया रोकिएको हो। उनका अनुसार केही बुथ प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेर लगेपछि स्थिति तनावपूर्ण बनेको थियो।
“बुथ प्रतिनिधिले मतपत्र र छाप लगेपछि विवाद भएको हो। लगिएको मतपत्र अझै फेला परेको छैन, खोजी कार्य जारी छ,” आलेले बताए। घटनामा संलग्न भएको आशंकामा केही बुथ प्रतिनिधिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले
