काठमाडौं, सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा उत्पन्न विवादका कारण मतदान रोकिएको छ।
मतदान केन्द्रमा दलका प्रतिनिधिहरूबीच विवाद हुँदा श्री प्राथमिक विद्यालयमा सञ्चालन हुँदै आएको मतदान प्रक्रिया स्थगित गरिएको हो।
बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको क्षेत्रभित्र पर्छ।
हाल प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेर विवाद समाधानको प्रयास गरिरहेका छन् र मतदान पुनः सुरु गर्ने निर्णय लिन लागिएको छ।
