काठमाडौं, रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर खराब मौसमका कारण झापामा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको छ।
हेली एभरेस्टको नाइन एन–एओबी (काठमाडौं–झापा) उडानमार्फत बालेन शाहसहित पाँच सदस्यीय टोली बिहान ९:१२ बजे झापाका लागि प्रस्थान गरेको थियो। तर, झापामा अवतरण गर्न नसकिएपछि हेलिकप्टरलाई पुनः डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। हेलिकप्टर बिहान १०:१० बजे काठमाडौंमा अवतरण गरेको जानकारी प्राप्त भएको छ।
बालेन शाहले यसअघि बिहान काठमाडौंमै मतदान गरी झापाका लागि प्रस्थान गरेका थिए।
