काठमाडौं। इरानमा इजरायल र संयुक्त राज्य अमेरिकाको सैन्य हमलापछि मृतकको संख्या ७८७ पुगेको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरानको रेड क्रिसेन्ट सोसाइटीलाई उद्धृत गर्दै हमलामा परी ७८७ इरानी नागरिकको ज्यान गएको जनाएका हुन्।
यता अमेरिकास्थित मानवअधिकार संस्था Human Rights Activists in Iranले भने हालसम्म ७४२ सर्वसाधारणको मृत्यु भएको जनाएको छ। संस्थाका अनुसार मृत्यु हुनेमध्ये १७६ जना बालबालिका रहेका छन्।
यसैबीच, इरानी संसदको स्वास्थ्य आयोगकी सदस्य Fatemeh Mohammadbeigiले देशका नौवटा अस्पताललाई लक्षित गरी अमेरिका–इजरायलले आक्रमण गरेको आरोप लगाएकी छन्। उनका अनुसार अस्पतालजस्ता संवेदनशील संरचनामा जानीजानी हमला गरिएको हो।
उक्त दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी रहेको जनाइएको छ।
