खाडी तनावबीच दुबई–अबुधाबीमा सीमित उडान पुनःसञ्चालन, इरान भन्छ‘छिमेकीसँग शत्रुता छैन’

काठमाण्डौ । इरानले खाडी क्षेत्रमा आक्रमण गरेपछि प्रभावित बनेका दुबई अन्तर्राष्ट्रिय विमानस्थल र अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलसहितका प्रमुख विमानस्थलमा हिजो...

खाडी तनावबीच दुबई–अबुधाबीमा सीमित उडान पुनःसञ्चालन, इरान भन्छ‘छिमेकीसँग शत्रुता छैन’

काठमाण्डौ । इरानले खाडी क्षेत्रमा आक्रमण गरेपछि प्रभावित बनेका दुबई अन्तर्राष्ट्रिय विमानस्थल र अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलसहितका प्रमुख विमानस्थलमा हिजो बेलुकादेखि सीमित उडान पुनःसञ्चालन भएको छ। आबुधाबी विमानस्थल प्रशासनका अनुसार सुरक्षा मूल्याङ्कनपछि तीन दिनपछि सीमित सङ्ख्यामा मात्रै उडान सुरु गरिएको हो।

आक्रमणअघिको अवस्थामा उडान पूर्णरूपमा सञ्चालन हुन अझै केही समय लाग्ने जनाइएको छ। यसैबीच इरानले खाडी देशहरूप्रति आफ्नो कुनै शत्रुता नरहेको स्पष्ट पारेको छ। अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणपछि मध्यपूर्वमा जवाफी कारबाही गरेको इरानले छिमेकी मुलुकहरूलाई लक्षित नगरेको दाबी गरेको हो।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सैन्य अखडालाई लक्षित गरी मात्र आक्रमण गरिएको बताएका छन्। समाचार संस्था एएफपीका अनुसार उनले उक्त कारबाहीलाई रक्षात्मक प्रतिक्रिया भन्दै खाडी देशविरुद्धको आक्रमणका रूपमा नहेर्न आग्रह गरेका छन्।

तर अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा आयोतोल्लाह अली खामेनी र रक्षामन्त्री अमिर नसिरजादेहसहित केही उच्च सैन्य अधिकारी मारिएको इरानी स्रोतले जनाएका छन्। इरानले शत्रुता खाडी देशसँग नभएको दाबी गरे पनि पछिल्ला घटनाक्रममा दुबई, अबुधाबी र कुवेतलगायत मुलुकका विमानस्थलहरू निशानामा परेको तथ्यले क्षेत्रीय तनाव थप चर्किएको संकेत दिएको छ।