हेटौँडा । मकवानपुर जिल्लाको बागमती–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्र३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा बकैया–८ शिखरपुरका ४० वर्षीय प्रेम बहादुर गोले गम्भीर घाइते भएका थिए।
घाइते गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइए पनि चिकित्सकले राति ९:५० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
