काठमाण्डौ, महाशिवरात्रिको पावन अवसरमा काठमाडौँको गोकर्णेश्वर–५ स्थित नयाँबस्तीमा अवस्थित सर्वेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजन तथा दर्शनार्थीहरूको उल्लेखनीय भीड लागेको छ।
भगवान् शिवको आराधनाका लागि काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रबाट आएका भक्तजनहरू बिहान सबेरैदेखि मन्दिर परिसरमा जम्मा भएका छन्। भक्तजनहरूले व्रत बसेर जल, दूध, दही, घ्यू, मह र बेलपत्र अर्पण गर्दै पूजा–अर्चना तथा रुद्राभिषेक गरेका छन्। मन्दिर क्षेत्र ‘ॐ नमः शिवाय’ को जयघोष, घण्टानाद र भजन–कीर्तनले भक्तिमय बनेको छ।
महाशिवरात्रिका अवसरमा मन्दिर परिसरमा विशेष पूजा, भजन–कीर्तन, दीप प्रज्वलन तथा साँझपख महाआरती कार्यक्रम आयोजना गरिएको छ। स्थानीय बासिन्दाका अनुसार सर्वेश्वर महादेव मन्दिर महाशिवरात्रिमा विशेष धार्मिक गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। आज दिनभर र रातिसम्म पनि भक्तजनको चाप कायमै रहने अनुमान गरिएको छ।
तस्विरमा हेर्नूहोस् मन्दिर परिसरर :
