बजार अनुगमनपछि वाणिज्य विभागको निष्कर्ष: ग्यास अभाव आपूर्तिका कारण

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुको कारण कालोबजारी वा कृत्रिम अभाव नभई आपूर्तिमा आएको कमी रहेको नि...

बजार अनुगमनपछि वाणिज्य विभागको निष्कर्ष: ग्यास अभाव आपूर्तिका कारण

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुको कारण कालोबजारी वा कृत्रिम अभाव नभई आपूर्तिमा आएको कमी रहेको निष्कर्ष निकालेको छ।

ग्यास अभावको विषयमा गरिएको बजार अनुगमनबारे जानकारी दिँदै विभागका निर्देशक नरहरि तिवारीले उद्योगी वा व्यापारीले ग्यास लुकाएको, बढी मूल्य असुलेको वा अनावश्यक सञ्चय गरेको कुनै प्रमाण नपाइएको बताएका छन्।

“हाम्रो अनुगमन र विश्लेषणले ग्यासमा कालोबजारी भएको देखाउँदैन,” निर्देशक तिवारीले भने, “अनुगमनका क्रममा बढी मूल्य लिएको, ग्यास लुकाएर राखेको वा कृत्रिम अभाव सिर्जना गरेको पाइएन।”

पछिल्लो समय उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ्दै गएपछि विभागले बजार अनुगमन गरेको थियो। विभागका अनुसार हाल देखिएको ग्यास अभाव वास्तविक हो र यो व्यापारीको लापरबाही वा नियोजित कृत्रिम अभावका कारण नभई आयातमा आएको कमीका कारण उत्पन्न भएको हो।

यद्यपि, नेपाल आयल निगमले भने ग्यास आपूर्ति पर्याप्त रहेको दाबी गर्दै आएको छ। निगमको भनाइ र बजारमा देखिएको अवस्थाबीच अन्तर देखिएपछि यस विषयमा थप समन्वय र स्पष्टता आवश्यक रहेको विभागले संकेत गरेको छ।