राजेश हमाल जापानमा ‘युगदेखि युगसम्म’ बुक–टूरमा

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को प्रचारका लागि जापानका ६ सहरमा बुक–टूर गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ (NRNA) जापानको आयोज...

राजेश हमाल जापानमा ‘युगदेखि युगसम्म’ बुक–टूरमा

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को प्रचारका लागि जापानका ६ सहरमा बुक–टूर गर्ने भएका छन्।

गैरआवासीय नेपाली संघ (NRNA) जापानको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास जापान) को सह–आयोजनामा र फाइनप्रिन्ट बुक्सको पहलमा आयोजना हुने कार्यक्रम ११ फेब्रुअरीदेखि २० फेब्रुअरीसम्म चल्नेछ।

हमालले जापानमा रहेका नेपाली पाठकसँग भेट्न पाउँदा आफूलाई खुसी लागेको बताए। उनले भने, “म आफ्नो पुस्तकसहित जापानमा रहनुभएका नेपाली पाठकलाई भेट्न पाउँदा उत्साहित छु। केही महिनाअघि जापान पुग्दा उहाँहरूले मेरो पुस्तकमा चासो देखाउनुभयो। यसपालि म मेरो जीवन, विचार र साधनाबारे पाठकसँग मुखरित हुनेछु।”

बुक–टूरको कार्यक्रम अनुसार:

  • ११ फेब्रुअरी: टोकियो

  • १४ फेब्रुअरी: सिजुओका

  • १५ फेब्रुअरी: नागोया

  • १७ फेब्रुअरी: ओसाका

  • १९ फेब्रुअरी: फुकुओका

  • २० फेब्रुअरी: ओकिनावा

एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेले पनि जापानमा रहेका नेपाली पाठकसमक्ष हमाल र उनको पुस्तकलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए।

फाइनप्रिन्ट बुक्सका सीइओ नीरज भारीले भने, “जापानमा नेपाली पुस्तक र साहित्यप्रेमीको संख्या ठूलो छ। ‘युगदेखि युगसम्म’ बुक–टूरले लेखक, प्रकाशक र पाठकबीचको सम्बन्धलाई अझ नजिक ल्याउने विश्वास छ। नेपाली विद्यार्थीको संख्या बढेसँगै नेपाली पुस्तकको माग पनि बढिरहेको छ।”

फाइनप्रिन्टले लेखक एवं पत्रकार यज्ञशसँगको सहकार्यमा राजेश हमालको जीवनकथा, सिनेमा तथा समाजबारेका विचार समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ प्रकाशन गरेको हो।