रामेछापमा यात्रुवाहक बस दुर्घटना, मृतक १२ मध्ये ९ को सनाखत

२७ माघ, रामेछाप । रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनामध्ये ९ जनाको पहिचान खुलेको छ । मंगलबा...

रामेछापमा यात्रुवाहक बस दुर्घटना, मृतक १२ मध्ये ९ को सनाखत

२७ माघ, रामेछाप । रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनामध्ये ९ जनाको पहिचान खुलेको छ ।

मंगलबार बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई तामाकोशी नदीमा खसेको थियो । उक्त दुर्घटनामा ७ पुरुष र ५ महिला गरी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ । मृतकका सबै शवहरू मन्थली अस्पताल पुर्‍याइएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदी आसपास खोजी कार्यलाई निरन्तरता दिएको छ । अन्य ३ जना मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

सनाखत भएका मृतकको नामावली

१. दोलखा भिमेश्वर नगरपालिका–७ की अन्दाजी २५ वर्षीया बबि तामाङ
२. दोलखा भिमेश्वर नगरपालिका–८ का अन्दाजी ६० वर्षीय मानबहादुर तामाङ
३. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ का अन्दाजी २८ वर्षीय दिपेश बस्नेत
४. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ की अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ
५. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ की अन्दाजी ३१ वर्षीया तारा तामाङ
६. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ का अन्दाजी ३६ वर्षीय भिमबहादुर तामाङ
७. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ की अन्दाजी १६ वर्षीया रमिता तामाङ
८. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ का अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत
९. सिन्धुली गोलन्जोर गाउँपालिका–६ का अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ

(अन्य ३ जना मृतकको सनाखत हुन बाँकी रहेको)