क्यान्सर उपचारमा कुनै कमी हुन दिँदैनौँ : मन्त्री गौतम

काठमाडौं, स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै पनि किसिमको कमी हुन नदिने बताएकी छन्। क्यान्सरविरुद्ध जनचेतना फैलाउने उद्दे...

क्यान्सर उपचारमा कुनै कमी हुन दिँदैनौँ : मन्त्री गौतम

काठमाडौं, स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै पनि किसिमको कमी हुन नदिने बताएकी छन्।

क्यान्सरविरुद्ध जनचेतना फैलाउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कद्वारा शनिबार काठमाडौंमा आयोजित साइकल र्‍याली उद्घाटन गर्दै मन्त्री गौतमले सबै प्रदेशमा क्यान्सर उपचार सेवा सहज र पहुँचयोग्य बनाइने बताइन्। आवश्यक पूर्वाधार, जनशक्ति र स्रोतसाधनको व्यवस्था गर्दै उपचार सेवामा सुधार गरिने उनको भनाइ थियो।

स्वास्थ्य क्षेत्रमा विविध आवश्यकता र चुनौतीहरू भए पनि तिनलाई प्राथमिकताका आधारमा समाधान गर्दै जाने सरकारको नीति रहेको उनले स्पष्ट पारिन्।

मन्त्री गौतमले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै लक्षित समूहलाई खोप अभियानमा सहभागी हुन आग्रह गरिन्।

उनले क्यान्सर रोगको रोकथाम उपचारभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षण र जनचेतनाबाट क्यान्सरजस्ता रोगबाट जोगिन सकिनेमा जोड दिइन्।