वरिष्ठ कलाकार सुनिल थापाको निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान निधन भएको छ। हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोह...

वरिष्ठ कलाकार सुनिल थापाको निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान निधन भएको छ। हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्।

शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। उनले नेपाली चलचित्रमा खलनायक पात्रलाई पनि नायक सरह प्रतिष्ठा दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

चलचित्र ‘राते काइँला’ मा निभाएको भूमिकाबाट उनी अत्यधिक चर्चित बनेका थिए। खलनायकको भूमिकामा पनि गहिरो छाप छोड्न सक्ने क्षमताका कारण उनी दर्शकमाझ विशेष सम्मानित थिए।

थापाका परिवारका अन्य सदस्यहरू हाल भारतको मुम्बईमा बसोबास गर्दै आएका छन्। उनको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी र प्रभावशाली कलाकार गुमाएको भन्दै कलाकार, निर्देशक तथा प्रशंसकहरूले शोक व्यक्त गरेका छन्।