रामेछाप । रामेछापको मन्थली नगरपालिकामा आयोजना हुने भनिएको चौथो मन्थली नगर कप पुरुष भलिबल रनिङ शिल्ड तथा दोस्रो मन्थली नगर कप महिला भलिबल प्रतियोगिता स्थगित गरिएको छ।
नगर खेलकुद विकास समितिको निर्णयअनुसार प्रतियोगिता हाललाई निर्वाचनका कारण स्थगन गर्ने निर्णय गरिएको हो।
आगामी फागुन ५ देखि ७ गतेसम्म सञ्चालन हुने तय भएको प्रतियोगिता फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता लागू भइसकेकाले अर्को सूचना तथा जानकारी नभएसम्मका लागि स्थगित गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताए ।
शुक्रवार बसेको नगर समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष माझीको भनाइ छ । खेलकुदप्रति नगरपालिकाको प्रतिबद्धता कायम रहेको उल्लेख गर्दै अध्यक्ष माझीले निर्वाचन पश्चात् उपयुक्त सममयमा प्रतियोगिता पुनः आयोजना गरिने बताए ।
१४ वटा वडाहरू रहेको मन्थली नगरपालिकामा नगर खेलकुद विकास समितिले हरेक वर्ष महिला तथा पुरुष नगर कप भलिबल प्रतियोगिता गर्दै आएको छ ।

