बैतडी बस दुर्घटनामा ८ जनाको ज्यान गयो (नामसहित)

काठमाडौँ । बैतडीमा बेहुली लिएर फर्किँदै गरेको बस दुर्घटनामा परेर ८ जनाको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस पुर्चौँडी नगरपालिका–७ स्थित ब...

बैतडी बस दुर्घटनामा ८ जनाको ज्यान गयो (नामसहित)

काठमाडौँ । बैतडीमा बेहुली लिएर फर्किँदै गरेको बस दुर्घटनामा परेर ८ जनाको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस पुर्चौँडी नगरपालिका–७ स्थित बडगाउँ मोडमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो।

दुर्घटनामा बझाङ बित्थडचिर–७ का ४० वर्षीय केशब राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी र ४१ वर्षीय विष्णुदत्त जोशीको घटनास्थलमै मृत्यु भएको छ।

यस्तै, ४२ वर्षीय नरेश राज जोशी, केदारस्यु गाउँपालिका–६ का ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्त राजे रतला तथा बैतडी पुर्चौँडी–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। नरेश राज जोशी र विष्णुदत्त जोशीको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परेका ४५ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।