काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको अवस्था छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ। तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ भने पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति पनि तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भागमा भने मौसम सफा नै रहनेछ।
हिमपात, वर्षा तथा हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य, साथै हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ।
