रामेछापमा माधव ढुङ्गेलको तीव्र चुनावी अभियान : विश्वास र समर्थन जुटाउन संवाद र घरदैलो

रामेछाप । प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेलले निर्वाचन केन्द्रित छलफल तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन् । जिल्लाका सबै ६...

रामेछापमा माधव ढुङ्गेलको तीव्र चुनावी अभियान : विश्वास र समर्थन जुटाउन संवाद र घरदैलो

रामेछाप । प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेलले निर्वाचन केन्द्रित छलफल तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन् ।

जिल्लाका सबै ६४ वडालाई समेट्ने एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रचार अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले संगठनात्मक बैठक र प्रत्यक्ष जनसम्पर्कलाई सँगसँगै अघि बढाएको छ ।
यसैक्रममा एमाले गोकुलगंगा गाउँपालिका कमिटी र मन्थली नगरपालिका कमिटीसँगको बैठक तथा भेटघाट सम्पन्न गरी ढुङ्गेलसहितको टोली लिखु तामाकोसी गाउँपालिका कमिटीको बैठकमा सहभागी भएको छ ।

बैठकपछि टोलीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उमाकुण्ड गाउँपालिका तर्फ अभियानलाई निरन्तरता दिएको छ ।
मंगलबार उमाकुण्ड गाउँपालिकामा पार्टीको बैठक सम्पन्न भएपछि वडा नं. ४ प्रीति–च्यादलुमा स्थानीय मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरिएको नेकपा एमाले रामेछाप जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए ।

अध्यक्ष कडरियाका अनुसार पार्टीले जिल्लाका सबै भौगोलिक क्षेत्र समेट्ने गरी घरदैलो, छलफल र जनसंवादलाई प्राथमिकतामा राख्दै चुनावी अभियानलाई व्यापक बनाइरहेको छ । स्थानीय स्तरमा प्रत्यक्ष भेटघाटमार्फत मतदाताको विश्वास जित्ने र विकास तथा समृद्धिको स्पष्ट खाका प्रस्तुत गर्ने उद्देश्यका साथ अभियानलाई अघि बढाइएको उनले बताए ।