रामेछाप । रामेछाप जिल्ला सहकारी संघ लिमिटेडको अध्यक्षमा हिमाल ढुङ्गेल पुनः दोहोरिएका छन्। मंगलबार सदरमुकाम मन्थलीमा सम्पन्न संघको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनले ढुङ्गेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा पवन कठायत, सचिवमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा छत्रवीर श्रेष्ठ चयन भएका छन्। यस्तै सदस्यहरूमा सुनिता तामाङ, ध्रुवबहादुर थापा, बद्री नयाँघरे, रञ्जु पौडेल घिमिरे र रिता मगर घिमिरे रहेका छन्।
त्यसै गरी उमेशविक्रम थापाको संयोजकत्वमा रमेश ढुङ्गेल र राजेन्द्रबहादुर कार्की सदस्य रहेको लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ। २०६ वटा सहकारी संस्थाहरु रामेछाप जिल्ला सहकारी संघका सदस्य छन् । तीमध्ये यो वर्ष हालसम्म ६९ वटा संस्थाले मात्र नवीकरण गरेका छन्।
संघमा प्रत्येक चार वर्षमा नेतृत्व परिवर्तन हुने व्यवस्था रहेको छ।
बन्द सत्र अघि जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षतामा आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो।
साधारण सभामा सचिव नवीन केसीले संघको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए। यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजक छत्रवीर श्रेष्ठले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

